सन २०२१ मा कोरिया भाषा परीक्षा अनलाइनबाट हुने, एकपटकमा २ सय जनाको परीक्षा हुने:

157

काठमाँडौ। सन २०२१ मा कोरिया भाषा परीक्षा हुने भएको छ।

भाषा परीक्षा लिन दुवै देशबीच छलफल चलिरहेको ईपिएस कोरिया शाखाका निर्देशक ईन्द्र गौतमले बताएका छन। ‘मिति तय भइसकेको छैन। अब लिने परीक्षा विगतको जस्तो पेपरमा हुने छैन।

अनलाइन माध्यमबाट परीक्षा लिने र ट्याबको प्रयोग गरेर परीक्षा हुने उनले जानकारी दिए। परीक्षाको सम्पूर्ण सामग्री कोरिया सरकारले उपलब्ध गराउने उनले बताए ।

एकपटकमा २ सय भाषा परीक्षार्थीको परीक्षा लिने गरी तयारी भइरहेको गौतम बताउँछन्। दुवै देशले परीक्षा गर्न सफ्टवेयर निर्माण गरिरहेको उनले बताए। भैँसेपाटीस्थित आफ्नै भवनमा परीक्षा लिन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here