कोरिया लगाएतका ६ देशका लागि राजदुत पद खाली, कोरिया रोजगारमा अन्योल:-

545

काठमाडौ । पछिल्लाे समय ६ मुलुकमा राजदूत खाली भएका छन् । सरकारले दुई वर्षदेखि त्यहाँका लागि राजदूत नियुक्त गरेको छैन । नेपालीको महत्त्वपूर्ण श्रम गन्तव्य र विकासको साझेदार मुलुक हो– दक्षिण कोरिया । कांग्रेस कोटाका अर्जुनजंगबहादुर शाहलाई फिर्ता बोलाएपछि दक्षिण कोरियाका लागि नेपाली राजदूतको पद खाली छ ।

परराष्ट्र मन्त्रालयका अनुसार गत वर्ष दक्षिण कोरियामा झन्डै १२ हजार नेपाली कामदार लैजाने कोटा थियो । तर कोरोनाका कारण जान पाएनन् । कोरियाले अन्य मुलुकबाट कामदार लिन थालिसक्दा पनि नेपालीलाई लैजानेबारे अझै अन्योल छ । नेपाललाई अझै कोभिडको उच्च जोखिम भएको मुलुकको सूचीमा राखिएको छ ।

श्रीलंकासँग नेपालको घनिष्ठ सम्बन्ध छ । दुवै मुलुक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ र बिमस्टेकका सदस्य हुन् । तर २०७६ असारमा केपी ओली सरकारले असहयोग गरेको भन्दै तत्कालीन राजदूत विश्वम्भर प्याकुरेलले राजीनामा दिएका थिए । त्यसयता श्रीलंकामा पनि राजदूत पद खाली छ ।

यस्तै, इजिप्ट, रुस, अस्ट्रिया र डेनमार्कमा पनि राजदूत पद खाली छन् । विदेशमा नेपालको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण पद लामो समयदेखि खाली हुँदासमेत सरकारले नियुक्तिको प्रक्रिया अघि बढाएको छैन । ब्राजिलमा ताराप्रसाद पोखरेलको कार्यकाल सकिइसकेको छ । उनी अहिलेसम्म उतै छन् ।

नेपालका ३० वटा मुलुकमा दूतावास, तीनवटा संयुक्त राष्ट्रसंघीय स्थायी नियोग, पाँच महावाणिज्य दूतावास र एउटा वाणिज्य दूतावास छन् । तीमध्ये बहराइन, जापान, म्यान्मार, ओमान र साउदी अरेबियामा अबको तीन महिनाभित्रै खाली हुँदै छ । बहराइनमा राजदूत पदम सुन्दास, जापानमा प्रतिभा राणा, म्यान्मारमा भीमकुमार उदास, ओमानमा शर्मिला पराजुली ढकाल र साउदी अरबमा महेन्द्रप्रसादसिंह राजपूतको कार्यकाल सकिँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here