दक्षिण कोरियामा एक नेपालीको मृ’त्यु :-

209

दक्षिण कोरिया : दक्षिण कोरियामा औद्योगिक दुर्घ’टनामा परी एक नेपालीको मृ’त्यु भएको छ। बागलुङको गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घट’नामा गत सोमबार मृ’त्यु भएको हो।

घटनालाई नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका छन्। दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए। लडेपछि बे’होस भएका उनलाई नजिककै अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृ’त घोषणा गरेको थियो।

हाल उनको श’वलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ। मृ’तकका परिवारलाई खबर गरिएको नेपाल मगर संघका अध्यक्ष पुनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here