कोरियाको यो प्रान्तमा मात्र बिदेशी कामदारलाई कोरोना परीक्षण अनिवार्य, ३० लाख वन सम्मको जरिवाना:-

170

सोल। कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई स्थानीय सरकारले अनिवार्य रूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गएपनि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा रहेका विदेशीमा भने वृद्धि हुनथालको छ ।

स्थानीय प्रशासनले यही मार्च २२ तारिख भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो । स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण नगरे २० देखि ३० लाख कोरियन वन सम्म जरिवाना तिर्नुपर्ने सम्भावना रहेको बताइएको छ ।

पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केही कम्पनीमा कार्यरत विदेशी कामदारमा सामूहिक सङ्क्रमण देखा परेपछि स्थानीय सरकारले सो नियम ल्याएको हो ।ख्याङ्गिदो प्रान्तमा २५ हजार रोजगारदाताले विदेशी कामदार राखेको अनुमान गरिन्छ ।

हाल सम्मको तथ्याङ्क अनुसार कोरियाको ख्याङ्गिदो प्रान्तमा रहने एक हजार ७ सय ४७ विदेशीले कोरोना भाइरस परीक्षण गरेको जानकारी प्राप्त छ।

यधपी अन्य प्रान्तहरुमा भने कोरोना परिक्षण अनिवार्य गरिएको छैन । तथापी केही रोजगारदाताहरुले आफ्ना कामदारहरुको तथा कामदार स्वयंले समेत कोरोना परीक्षण गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here